Monday, February 27, 2012

मगर भाषाको छोटो परिचय


परिचय :
मगर जाति यउटै भयपनी यस जाति भित्र ठाउ परिवेश अनुसार फरक ठाउमा फरक फरक भाषा बोल्ने गरेको पाइन्छ, भने विशेष गरी म्याग्दी पर्वत र बाग्लुङका केहि भागहरुमा रहेका मगरहरुले नेपालको नेपाली भाषानै बोल्ने गर्दछन् । पछिल्लो समयमा आएर यि भु-भागमा बसोवास गर्ने मगर समुदाय हरुले पनी आफ्नो मगर भाषा फाटफुटरुपमा वोल्दै आयको पाइन्छ।  मगरजातिको भाषाहरूमा पाल्पादेखि पूर्वी भेकका मगरहरूले मगर ढुट (भाषा) बोल्ने गर्छन् भने पाल्पादेखि पश्चिम भेगका रुकुम, रोल्पालगायत आथार मगरात क्षेत्रका मगर खाम-पाङ बोल्ने गर्छन् र डोल्पाको सहरतारा, टुपतारा र ताराकोट गाउँका मगरले मगर काईके बोल्ने गर्छन् । कतिपय ठाउँका मगरहरूले भने राज्यको दबाब र विभेदका कारण ३ वटै मगर भाषा बोल्दैनन् । तर त्यस भेकका प्रायः नामहरू मगर भाषामै रहेको छ । म्याग्दी-सोलुको मीराङडी यसका ज्वलन्त उदाहरणहरू हुन् । स्मरणरहोसर म्याग्दी, पर्वत, सोलु र वाग्लुङका केही भागमा बसोवार गर्ने मगरहरूले मगर भाषा बोल्दैनन् । बर्तमान अवस्था जनगणमा २०५८को तथ्याङ्कअुनसार नेपालका ९९ भाषा बोल्ने तथ्य स्वीकार गरे पनि एथ्नोलग-२००५ ले नेपालमा १२३ वटा भाषा हालसम्म जीवित रहेको तथ्य सार्वजनिक गरेको छ । नेपाल आदिवासी भाषा विज्ञान समाजले भने नेपालमा १४३ भाषा रहेको दाबी गर्दै आएको छ । जसमध्ये ८० वटा भाषा मात्र जीवित अवस्थामा रहेको बताइएको छ । कतिपय भाषा लोपोन्मुख अवस्थामा पुगेका छन् । नेपाली मगर भाषाको अवस्था पनि करिब करिब यही अवस्थामा रहेको छ । कुनै पनि भाषा बचाउने त्यस भाषाको साहित्य नै हो । मगर भाषाको जनसङ्ख्याको तुलनामा साहित्य नगण्य अवस्थामै रहेको छ । विगतको तुलनामा यस भाषा साहित्यको पाठक केही वृद्धि भएको छ तर अझै पनि चेतनाको अभाव यथावत नै छ ।
बिभिन्न कारणहरुले गर्दा मगरहरु पुर्णरुपमा मगर भाषा बोल्न नसकेपनी २०१२/२०१४ सालतिर मगर समाज सुधार समिति निर्माण भएपछि मगर भाषामा मगर साहित्यको प्रारम्भ भयको पाइन्छ। २०१९ सालताका मगर भाषाका आदिकवि जीतबहादुर सिंजाली मगर र रेखबहादुर थापा मगरद्वारा 'मगर भाषाङ लहीङ र टुक्काउ किताब' 'मगर कुराङ पि्रय टुक्का ल्हिङ' प्रकाशित भयो । त्यसपछि २०३९ सालमा केशरजङ्ग बराल मगरको 'मगर कुरा कुटजाटम ङाक्के' नामक पुस्तक प्रकाशित भयो र २०३९ सालमै यमबहादुर आलेमगरको सम्पादनमा 'सेहेचलामाङ हवाइङ' प्रकाशित भयो । मगर भाषा साहित्यमा यही पत्रिकाबाटै बिट मारेको अवस्था रहृयो । मगर जातिले बोल्ने भाषामध्ये ढुट भाषामा मात्रै साहित्यको लेखन कार्य भएको पाइएको छ । अथार मगरात क्षेत्रमा खाम्पाङ र काइके मगर भाषाको भने यस समयमा लेख्य परम्परासमेत भएको पाइँदैन । यही समय अवधि नै मगर भाषा साहित्यको प्रारम्भकाल हो ।
बिभिन्न चरणहरु पार गर्दै मगर साहित्यको उत्थान र प्रगतिहुदै जादा वर्तमान अवस्थामा भने  मगर भाषा साहित्यले निकै महत्वपुर्ण स्थानहरु हात पार्न सफल भै सकेको छ। पछिल्लो समयमा आयर मगर भाषामै चलचित्र तथा विभिन्न साहित्यीक पुस्तकहरु छापिनु यस्को उदाहरण हो।
                              हम बहादुर पुर्जा, गाजुङ्गे, पर्वत
                              सन्दर्भ सामाग्री:विकिपीडिया वाट

पिरतीमा मनहरु

पिरतीमा मनहरु


बैशमा पिरतिको फुल फुल्दाखेरी
मन भित्रका सपनाहरु
तिमी तिरैका भावना कल्पनाहरु
त्यसै त्यसै,
चङ्गासरी उडिरहेछ, उडिरहेछ
पानी परेपछिको खुला आकाश जस्तै
वगैचामा डुल्ने भमराहरुको चाल जस्तै
म प्रेममा पागल भए
तिम्रो मायाको सिकार भए
हरेकपल माया नै माया वनीरहेछ
जिन्दगिका कठोर मोडहरुपनी
रमाइला प्रकृतिको बनीरहेछ आज,
ओस्कार जिन्दगिको यो प्रेम
कठोर संघर्षको यो प्रेम
सारा दुनियालाइ भुलाइदिने यो प्रेम
मलाइ सधै सधै बाधिराख्ने यो प्रेम
हरेक रोशनि र शन्ध्याहरुमा तिमीलाइ
उकाली ओराली गर्दाखेरी
मनभित्र कुदियका उकुसमुकुस भानाहरु
अनन्त सम्म साटिराख्ने
यो, मनको चाहाना
कति बने दुष्मन कोही वने पराइ
फ्याकेहोलान नाता सम्वन्ध पनी ज्वालामा जलाइ
जे भयपनी साथ दिने तिम्रो माया ठुलो
जन्दगीको यात्रा तय गर्ने तिम्रो मेरो माया ठुलो
            
                                    धन्यवाद, हम बहादुर पुर्जा वनौ पर्वत

Saturday, February 4, 2012

mynanu image collction


Klematis
banau test no. 1
Klematis
banau test no. 2
Klematis
banau test no. 3
Klematis
banau test no. 4
Klematis
banau test no. 5
Klematis
banau test no. 6

Friday, February 3, 2012

विदेशिनु नारिको चाहानाकि बाध्यता......



आजभोलि विदेशियका नारीहरु अर्थात नेपाली चेलीहरुको काहानी निकै पढ्न पाइन्छ। पत्रपत्रिकाहरुले पनी निकै प्राथमिकका साथ यस्ता समचारहरुलाइ छापेकाहुन्छन। दुर चार जनाको वाहेक प्राय चेलीहरुको वेदना हुन्छ, साहुले कामगरेको पेसा नदियको, राम्रोसग खानबस्न नदियको तथा साररिक मानसिक यातना दिनेगरेको यस्तै यस्तै। वास्तवमा महिलाहरु किन विदेशियका हुन्छन यति उच्च दरमा। साच्चै हाम्रो सरकारले के सोचेको छ होला यस्को वारेमा। हुनत आफ्नो घरमा त राम्रो सग दुइ छाक सुखसग खान र लगाउन नपायका यि नारिहरु, अर्काको देश र अर्काको घरमा बेचियर मैले जिन्दगिको सुन्दर सपना सजाउन सक्दैन  भन्ने ठम्माउन नसक्नु उनीहरुको ठुलो भुल हो, मेरो जिन्दगि खाली मेरो हातमा वाहेक अरुको हातमा हुन सक्दैन, मेरो जिन्दगि म आफैले बनाउन प्रयास मेरो जन्मभुमीमा नै मैले गर्नु पर्दछ भन्ने लाग्नु पर्दछ।
मैले विदेशमा नै रहदा प्राय खाडि मुलुकहरु साउदि अरविया, कुवेद तथा ओमान मा रहेका नेपाली चेलीहरुको पिडाको काहानी धेरै सुन्नै गर्दथिय। यसरि पिडित नारीहरुको रामकाहानी जोकोहीलाइ पनी सजिलै पच्न सक्दैन किन भने यस्ता काहानीहरु अनुमान गरेभन्दा धरै गुना पिडादायिक हुने गर्दछ। प्राय नेपाली नारिहरु सोझा सिधा तथा नरम स्वाभावको हुन्छन। उनिहरु न अरुको कुभलो चाहेका हुन्छन न अरुवाटनै यस्तो होस भन्ने चाहान्छन, खालि दिवा सपनामा अर्काको लहैलहमा लागेर विदेशियका हुन्छन उनीहरु, अर्काको देखासिकी र दलालीहरुको प्रलोभनमा परी घरको दुखसुखलाइ विर्सेर सुन्दर सपना देखी पस्छन विरनु मुलुक तिर अन्जानै अन्जान मा, उनिहरु घरपरिवार आमाबावु ताथा वालवच्चा लाइ चटक्कै माया मारेर विदेशिदा उनीहरुको मनमा कस्तो अनुभव हुन्छहोला, त्यसैमा पनी मुस्लीम देशमा पसेर कडा खालको स्वाभाव अनी निर्दयी भावनाहरु सग साझेदार गरी कसरी पैसा कमाउने, आपदविपदका वाला कोसग सम्पर्क गर्नै, विदेशिनु भन्दापहीले भनेअनुसार काम र तलनसुविधा नदिय कहा सम्पर्क गर्ने, यस्तायसति कुराहरु कमसेकम एक चोटिपनी सोचेकाहुन्छन उनीहरु? यसता हजार सवालका वावुजुत पनी विदेशिन्छन सोझासिदा नेपाली नारीहरु, यो उनीहरुको साच्चिकै वाध्यत्मक परिस्थिति होकि रहर हो वुझ्न गार्हो छ।
लगभग दुइ वर्ष पहिलेतिरको ओमानको कुरा हो, एउटै घरका दुइ दिदीवहिनि ओमानमा पुगेछन, जनतन सानोतिनो काम पनि पायछन। काम गर्दै जादा पाकिस्तानी इन्जिनियर लोग्ने स्वास्नी वस्ने घरवाट पैसा हरायछ जस्को दोष एक बहिनि लाइ लगाइदियछ पछि ओमानी प्रहरीले लगेको पत्ता चलेपछी पो बल्ल थाहा भयो त दिदि वहिनिको हालत, यो जस्तै अरु धेरै घटनाहरु छन, सानोतिनो निहुमा पनी चरम यातना दिने, विना गल्ति हात भाचिदियर घरवाट निकाली दिने, खानाको नाममा वासी खाना र घरमा वचेको खाना दिने, हुदा हुदा अहिले आएर त नया घटना के पनी भइदियो भन्दा मालिक्नीले मुक्का हानेर दादै खुस्काइदियको जस्ता कयौ घटनाहरु वाहिर आएको छ। यसरि भोग्नु पर्ने कठोर यातना र अपहेलना सहेर म हासेर जिवन विताउन सक्दैन भन्ने नेपाली चिलीहरुले वेलैमा जान्नु पर्दछ
यति धेरै समस्याको वावजुत पनि नेपाली नारिहरु ओइरो लागेर विदेशियको देख्दा लाग्छ रहरै पो रहोछकि हो। तर जो विदेशिन्छ त्यसले जान्नु पर्दछकि विदेशियर फर्केको नेपाली चेली हाम्रो समाजमा स-सम्मान भनेहुन सक्दैन किन भने अझै सम्म पनी हाम्रो गाउघरमा पुरानो रितीरिवाज छ पुरानो संस्कार र चालचलन छ जो हाम्रो वास्तविक चलन हो। वावुवाजे र जिजुहरुले चलाएको चलन र संस्कारलाइ सकेसम्म वचाइराख्नु पर्दछ जो आधुनिक समाज भन्दा धेरै फरक छ र त्यो नै सहि छ। हो नेपाली महिलाहरु पढाइको सिलसिला वा वसाइसरइ वा घुमघामको हिसावले विदेशपस्नु गलत होइन तर मेरो विचार जो सोझा सिदा नेपली नारिहरु दलालको हातवाट अरवीहरुको हातमा वेचिन्छन यो कुनै हिसावले पनी ठिक छैन र यो कुरा विदेशिने नारिहरुले एकदमै सोचेर लिनु पर्दछ भन्ने मलाइ लाग्दछ।
                              ham bahadur purja, banau-2

                                                                               

 
Design by Ham Bahadur Purja | Bloggerized by आफ्नो गाउ आफै बनाउ