Wednesday, March 7, 2012

सम्झना केवल तिम्रो


भर छ भने सानु, यो पर्देशिमा
मागिहेर्नु माया, यो पर्देशिमा
सयौजुनी सगै वाच्नेमर्नै कसम खानु,
पिरतिको धुन छकिछैन यो पर्देशिमा
रातदिन आउछ होला याद, यो पर्देशिमा
पिर व्याथा साट्न मन लाग्छ होला, यो पर्देशिमा
खोले र पिठो खायर भय पनी
सगै वस्न मन लाग्छहोला, यो पर्देंशिमा,
तिमी हुन्छ भन जंघार तर्न आटौला
जुनी भरी मनका कुरा मनसंगै साटौला
आखा तर्नेले जेसुकै सोचे सोचुस
धेरै गफगाफ गर्न फेसवुकमै भएपनी भेटौला

Monday, February 27, 2012

मगर भाषाको छोटो परिचय


परिचय :
मगर जाति यउटै भयपनी यस जाति भित्र ठाउ परिवेश अनुसार फरक ठाउमा फरक फरक भाषा बोल्ने गरेको पाइन्छ, भने विशेष गरी म्याग्दी पर्वत र बाग्लुङका केहि भागहरुमा रहेका मगरहरुले नेपालको नेपाली भाषानै बोल्ने गर्दछन् । पछिल्लो समयमा आएर यि भु-भागमा बसोवास गर्ने मगर समुदाय हरुले पनी आफ्नो मगर भाषा फाटफुटरुपमा वोल्दै आयको पाइन्छ।  मगरजातिको भाषाहरूमा पाल्पादेखि पूर्वी भेकका मगरहरूले मगर ढुट (भाषा) बोल्ने गर्छन् भने पाल्पादेखि पश्चिम भेगका रुकुम, रोल्पालगायत आथार मगरात क्षेत्रका मगर खाम-पाङ बोल्ने गर्छन् र डोल्पाको सहरतारा, टुपतारा र ताराकोट गाउँका मगरले मगर काईके बोल्ने गर्छन् । कतिपय ठाउँका मगरहरूले भने राज्यको दबाब र विभेदका कारण ३ वटै मगर भाषा बोल्दैनन् । तर त्यस भेकका प्रायः नामहरू मगर भाषामै रहेको छ । म्याग्दी-सोलुको मीराङडी यसका ज्वलन्त उदाहरणहरू हुन् । स्मरणरहोसर म्याग्दी, पर्वत, सोलु र वाग्लुङका केही भागमा बसोवार गर्ने मगरहरूले मगर भाषा बोल्दैनन् । बर्तमान अवस्था जनगणमा २०५८को तथ्याङ्कअुनसार नेपालका ९९ भाषा बोल्ने तथ्य स्वीकार गरे पनि एथ्नोलग-२००५ ले नेपालमा १२३ वटा भाषा हालसम्म जीवित रहेको तथ्य सार्वजनिक गरेको छ । नेपाल आदिवासी भाषा विज्ञान समाजले भने नेपालमा १४३ भाषा रहेको दाबी गर्दै आएको छ । जसमध्ये ८० वटा भाषा मात्र जीवित अवस्थामा रहेको बताइएको छ । कतिपय भाषा लोपोन्मुख अवस्थामा पुगेका छन् । नेपाली मगर भाषाको अवस्था पनि करिब करिब यही अवस्थामा रहेको छ । कुनै पनि भाषा बचाउने त्यस भाषाको साहित्य नै हो । मगर भाषाको जनसङ्ख्याको तुलनामा साहित्य नगण्य अवस्थामै रहेको छ । विगतको तुलनामा यस भाषा साहित्यको पाठक केही वृद्धि भएको छ तर अझै पनि चेतनाको अभाव यथावत नै छ ।
बिभिन्न कारणहरुले गर्दा मगरहरु पुर्णरुपमा मगर भाषा बोल्न नसकेपनी २०१२/२०१४ सालतिर मगर समाज सुधार समिति निर्माण भएपछि मगर भाषामा मगर साहित्यको प्रारम्भ भयको पाइन्छ। २०१९ सालताका मगर भाषाका आदिकवि जीतबहादुर सिंजाली मगर र रेखबहादुर थापा मगरद्वारा 'मगर भाषाङ लहीङ र टुक्काउ किताब' 'मगर कुराङ पि्रय टुक्का ल्हिङ' प्रकाशित भयो । त्यसपछि २०३९ सालमा केशरजङ्ग बराल मगरको 'मगर कुरा कुटजाटम ङाक्के' नामक पुस्तक प्रकाशित भयो र २०३९ सालमै यमबहादुर आलेमगरको सम्पादनमा 'सेहेचलामाङ हवाइङ' प्रकाशित भयो । मगर भाषा साहित्यमा यही पत्रिकाबाटै बिट मारेको अवस्था रहृयो । मगर जातिले बोल्ने भाषामध्ये ढुट भाषामा मात्रै साहित्यको लेखन कार्य भएको पाइएको छ । अथार मगरात क्षेत्रमा खाम्पाङ र काइके मगर भाषाको भने यस समयमा लेख्य परम्परासमेत भएको पाइँदैन । यही समय अवधि नै मगर भाषा साहित्यको प्रारम्भकाल हो ।
बिभिन्न चरणहरु पार गर्दै मगर साहित्यको उत्थान र प्रगतिहुदै जादा वर्तमान अवस्थामा भने  मगर भाषा साहित्यले निकै महत्वपुर्ण स्थानहरु हात पार्न सफल भै सकेको छ। पछिल्लो समयमा आयर मगर भाषामै चलचित्र तथा विभिन्न साहित्यीक पुस्तकहरु छापिनु यस्को उदाहरण हो।
                              हम बहादुर पुर्जा, गाजुङ्गे, पर्वत
                              सन्दर्भ सामाग्री:विकिपीडिया वाट

पिरतीमा मनहरु

पिरतीमा मनहरु


बैशमा पिरतिको फुल फुल्दाखेरी
मन भित्रका सपनाहरु
तिमी तिरैका भावना कल्पनाहरु
त्यसै त्यसै,
चङ्गासरी उडिरहेछ, उडिरहेछ
पानी परेपछिको खुला आकाश जस्तै
वगैचामा डुल्ने भमराहरुको चाल जस्तै
म प्रेममा पागल भए
तिम्रो मायाको सिकार भए
हरेकपल माया नै माया वनीरहेछ
जिन्दगिका कठोर मोडहरुपनी
रमाइला प्रकृतिको बनीरहेछ आज,
ओस्कार जिन्दगिको यो प्रेम
कठोर संघर्षको यो प्रेम
सारा दुनियालाइ भुलाइदिने यो प्रेम
मलाइ सधै सधै बाधिराख्ने यो प्रेम
हरेक रोशनि र शन्ध्याहरुमा तिमीलाइ
उकाली ओराली गर्दाखेरी
मनभित्र कुदियका उकुसमुकुस भानाहरु
अनन्त सम्म साटिराख्ने
यो, मनको चाहाना
कति बने दुष्मन कोही वने पराइ
फ्याकेहोलान नाता सम्वन्ध पनी ज्वालामा जलाइ
जे भयपनी साथ दिने तिम्रो माया ठुलो
जन्दगीको यात्रा तय गर्ने तिम्रो मेरो माया ठुलो
            
                                    धन्यवाद, हम बहादुर पुर्जा वनौ पर्वत

Saturday, February 4, 2012

mynanu image collction


Klematis
banau test no. 1
Klematis
banau test no. 2
Klematis
banau test no. 3
Klematis
banau test no. 4
Klematis
banau test no. 5
Klematis
banau test no. 6

Friday, February 3, 2012

विदेशिनु नारिको चाहानाकि बाध्यता......



आजभोलि विदेशियका नारीहरु अर्थात नेपाली चेलीहरुको काहानी निकै पढ्न पाइन्छ। पत्रपत्रिकाहरुले पनी निकै प्राथमिकका साथ यस्ता समचारहरुलाइ छापेकाहुन्छन। दुर चार जनाको वाहेक प्राय चेलीहरुको वेदना हुन्छ, साहुले कामगरेको पेसा नदियको, राम्रोसग खानबस्न नदियको तथा साररिक मानसिक यातना दिनेगरेको यस्तै यस्तै। वास्तवमा महिलाहरु किन विदेशियका हुन्छन यति उच्च दरमा। साच्चै हाम्रो सरकारले के सोचेको छ होला यस्को वारेमा। हुनत आफ्नो घरमा त राम्रो सग दुइ छाक सुखसग खान र लगाउन नपायका यि नारिहरु, अर्काको देश र अर्काको घरमा बेचियर मैले जिन्दगिको सुन्दर सपना सजाउन सक्दैन  भन्ने ठम्माउन नसक्नु उनीहरुको ठुलो भुल हो, मेरो जिन्दगि खाली मेरो हातमा वाहेक अरुको हातमा हुन सक्दैन, मेरो जिन्दगि म आफैले बनाउन प्रयास मेरो जन्मभुमीमा नै मैले गर्नु पर्दछ भन्ने लाग्नु पर्दछ।
मैले विदेशमा नै रहदा प्राय खाडि मुलुकहरु साउदि अरविया, कुवेद तथा ओमान मा रहेका नेपाली चेलीहरुको पिडाको काहानी धेरै सुन्नै गर्दथिय। यसरि पिडित नारीहरुको रामकाहानी जोकोहीलाइ पनी सजिलै पच्न सक्दैन किन भने यस्ता काहानीहरु अनुमान गरेभन्दा धरै गुना पिडादायिक हुने गर्दछ। प्राय नेपाली नारिहरु सोझा सिधा तथा नरम स्वाभावको हुन्छन। उनिहरु न अरुको कुभलो चाहेका हुन्छन न अरुवाटनै यस्तो होस भन्ने चाहान्छन, खालि दिवा सपनामा अर्काको लहैलहमा लागेर विदेशियका हुन्छन उनीहरु, अर्काको देखासिकी र दलालीहरुको प्रलोभनमा परी घरको दुखसुखलाइ विर्सेर सुन्दर सपना देखी पस्छन विरनु मुलुक तिर अन्जानै अन्जान मा, उनिहरु घरपरिवार आमाबावु ताथा वालवच्चा लाइ चटक्कै माया मारेर विदेशिदा उनीहरुको मनमा कस्तो अनुभव हुन्छहोला, त्यसैमा पनी मुस्लीम देशमा पसेर कडा खालको स्वाभाव अनी निर्दयी भावनाहरु सग साझेदार गरी कसरी पैसा कमाउने, आपदविपदका वाला कोसग सम्पर्क गर्नै, विदेशिनु भन्दापहीले भनेअनुसार काम र तलनसुविधा नदिय कहा सम्पर्क गर्ने, यस्तायसति कुराहरु कमसेकम एक चोटिपनी सोचेकाहुन्छन उनीहरु? यसता हजार सवालका वावुजुत पनी विदेशिन्छन सोझासिदा नेपाली नारीहरु, यो उनीहरुको साच्चिकै वाध्यत्मक परिस्थिति होकि रहर हो वुझ्न गार्हो छ।
लगभग दुइ वर्ष पहिलेतिरको ओमानको कुरा हो, एउटै घरका दुइ दिदीवहिनि ओमानमा पुगेछन, जनतन सानोतिनो काम पनि पायछन। काम गर्दै जादा पाकिस्तानी इन्जिनियर लोग्ने स्वास्नी वस्ने घरवाट पैसा हरायछ जस्को दोष एक बहिनि लाइ लगाइदियछ पछि ओमानी प्रहरीले लगेको पत्ता चलेपछी पो बल्ल थाहा भयो त दिदि वहिनिको हालत, यो जस्तै अरु धेरै घटनाहरु छन, सानोतिनो निहुमा पनी चरम यातना दिने, विना गल्ति हात भाचिदियर घरवाट निकाली दिने, खानाको नाममा वासी खाना र घरमा वचेको खाना दिने, हुदा हुदा अहिले आएर त नया घटना के पनी भइदियो भन्दा मालिक्नीले मुक्का हानेर दादै खुस्काइदियको जस्ता कयौ घटनाहरु वाहिर आएको छ। यसरि भोग्नु पर्ने कठोर यातना र अपहेलना सहेर म हासेर जिवन विताउन सक्दैन भन्ने नेपाली चिलीहरुले वेलैमा जान्नु पर्दछ
यति धेरै समस्याको वावजुत पनि नेपाली नारिहरु ओइरो लागेर विदेशियको देख्दा लाग्छ रहरै पो रहोछकि हो। तर जो विदेशिन्छ त्यसले जान्नु पर्दछकि विदेशियर फर्केको नेपाली चेली हाम्रो समाजमा स-सम्मान भनेहुन सक्दैन किन भने अझै सम्म पनी हाम्रो गाउघरमा पुरानो रितीरिवाज छ पुरानो संस्कार र चालचलन छ जो हाम्रो वास्तविक चलन हो। वावुवाजे र जिजुहरुले चलाएको चलन र संस्कारलाइ सकेसम्म वचाइराख्नु पर्दछ जो आधुनिक समाज भन्दा धेरै फरक छ र त्यो नै सहि छ। हो नेपाली महिलाहरु पढाइको सिलसिला वा वसाइसरइ वा घुमघामको हिसावले विदेशपस्नु गलत होइन तर मेरो विचार जो सोझा सिदा नेपली नारिहरु दलालको हातवाट अरवीहरुको हातमा वेचिन्छन यो कुनै हिसावले पनी ठिक छैन र यो कुरा विदेशिने नारिहरुले एकदमै सोचेर लिनु पर्दछ भन्ने मलाइ लाग्दछ।
                              ham bahadur purja, banau-2

                                                                               

Tuesday, January 31, 2012

“जिन्दागिको यउटा कथा”



नाता भनेर खासै तेस्तो नाता त हाम्रो केहि थिएन तर सम्बन्ध यति गाढा थियोकि मुल्याङ्कन गर्नै नसकिने, किनकी हामि एक अर्का बिना बाच्नै नसक्ने अवस्था थियो। अर्थात हामी एकको अनुपस्थिमा कुनैपनी कार्यक्रमहरु सारै खल्लो र नरमाइलो महसुस गर्ने गर्दथियो। कार्यक्रमहरुमा सहभागिहुनु भन्दा पहिलेनै हामी भएसम्म फोन गर्दथियौ नभय मिसकल सम्म त अनिवार्य गर्दथियौ यो हाम्रो नित्यकर्म जस्तै भइसकेको थियो। कुनै ठाउहरुमा भेट्नु, गफ गर्नु, केही टुटेफुटेका कुराहरुलाइ मिलाएर जिस्काउनु त सामान्य नै हुन्थियो तर भेटभइसकेपछि जस्तोसुकै अवस्थाहरुमा पनी निस्छल मन्द मुस्कान र केहि उमङग देखाउने उस्को स्वभाव मेरो मुटुमा कहिल्यै ननिस्किने गरी गढेको थियो, मलाइ उन्को यो ब्यबहार साह्रै राम्रो लाग्दथियो।
पहिलो पल्ट मैले उनलाइ कुस्मा बजारमै भेटैको थिय यउटा खाजाघरमा खाजाखादै गर्दा, यकअर्का बिच परिचय भयो र लगतै यक किसिमको सुमधुर सम्बन्धको पनी सुरुवाद भयो ख्यालख्यालैमा, जस्मा बिस्तारै बिस्तारै मायाको आकुराहरु पलाउन थाल्यो, कुनैपनि साना ठुला घटनाहरुमा पनी मायाका परिभाषाहरु परिभाशितहुदै जान थाले, उनको र मेरो हरेक हेराइहरुमा माया प्रितीका आभासहरु हुन थाले, जिन्दगिका हरेक मोड हरेक घुम्तिहरुमा मायाका नै माया छाउन थाल्यो, यस्तो लाग्न थाल्योकि यो संसारनै मायाको हो, यो पलपल सबै मायाको हो।
खासमा उनि नजिकै छिमेकि गाउ, बनौँ गाउकि रहिछिन सुरुमा एस.एल.सि परिक्षा दिन आयकिरे अनि पछि सानो तिनो जागिर मिलीसकेपछि सदरमुकाम आउने जाने नियमित हुदै रहेछ यहि सिलसिलामा हाम्रो भटपनी भयको थियो। घरमा बाबुआमाकी जेठि छोरी निकै मायापायर हुर्कियकि रहिछिन कुनै दु:ख कुनै अभाव बिना निकै सुखसग, उनको घरमा यस्तो वातावरण थियोकी पाहुनाको सत्कार गर्न नजान्ने मान्छेले यहिघरबाट केहिसिके हुन्थियो जस्तो लाग्दथियो, म सोच्दछुकि कुनै मान्छेको चौतर्फि बिकास हुनको लागि उसको घरको वातावसण सिल स्वभावहरु सान्त अनी सुमधुर हुनु पर्दछ। उसको वास्तविक नाम त मिनु पुन रहेछ तर पछी  उनी ठुलिहुदै जादा खुसीनामलेपो चिनियकी रहिछिन त्यसैले आफन्त नातेदार तथा साथिभाइ सबैले खुसि भनेर बोलाउदा रहेछन्। खुसी सग फरि यक पल्ट सदरमुकाम कुस्मानै भेटभयो यहिसिलसिलामा उनले उन्कै गाउमा लाग्ने बुध्द जयन्ति मेला मान्ने निम्तो दिइन, म पनि के कम गइहाले बुध्द जयन्ति मेला मान्न। यहि समयमा खुसीको घरपरिवार सगपनी घुलमिल हुने मौकापायको थिय। गाउमा लाग्ने मेला सार्है रमाइलो हुन्छ भन्ने सुनेकोत थिय तर साच्चै यति धेरै रमाइलो हुन्छहोला भन्ने चाहि कल्पना पनि गरेको थिइन। उन्ले नै घुमाइदिइन सारा ठाउ जो बनौ गाउको रमणिय तथा सुन्दर अनी मनमोहक ठाउ हरु। जब मेलाको समाप्ति हुनेदिन आउदै गयो मनमा यक किसिमको बिछोडको घाउ बल्झिदै जान थाल्यो, सार्है नरमाइलो लाग्न थाल्यो, खुसिको मनको कुराहरुलाइ हेर्दा पनी यस्तै यस्तै घाउहरु बल्झिरहेको आभस हुदै थियो। के गरु कसो गरि केही समाधान निस्काउन सकिन, हुदाहुदै मेलाको पनि समापन कार्यक्रम भयो, मन भित्रतो हजारो चाहाना हरुलाइ पन्छायर खुसि सग बिदामागे नरमाइलो लाग्दै केहि समय पछि लिन आउने बाचाका साथ। त्यस पछि म पोखरीमा फर्के नरमाइलो लाग्यो, पहरेपानि काकाको घरमा पनि गय त्यहा पनि यकान्त वाहेक अरु केही मिलेन, पछि गाजुङगे साथिको घरमा पुगे अनि खालखालै मा योजना बन्यो सहगरातको। त्यस पछि योजना अनुसार नै भयो सबैकाम, त्यसैले अहिले छिन् मेरै मिनु अर्थात मेरि खुसी, जिन्दगिको गोरेटोमा। हामि यकैसाथ सहयात्रा गरिरहेका छौ सगैमर्ने सगैजिउने वाचाकसम खायका छौ, I love you khusi.
                                                                                             लेखक : हम बहादुर पुर्जा, बनौ, २, पर्वत

बनौँ एक परिचय



सामान्यतया समुन्द्रि सतह देखि करिब करिब २,५०० मिटरको उचाइमा रहेको यो गाउ निकै रमाइलो र मनमोहक सुन्दरताले भरपुर्न ठाउ हो। यहाको प्राय सबै भागमा मगर वस्तिले भरिएको छ भनै न्युन संख्यामा ब्राहामण तथा अन्य जातहरुको पनी बसोवास रहेको छ। बिहान उठ्ने बितिकै हिमाल देख्न पाइयोस भनेजस्तै साच्चै विहानको मिरमरेसगै बेलुकिको सन्धाया नहुन्जेल आमुन्ने सामुन्य भयर धौलागिरि हिमाल अनी वर्षौ देखि काधमाकाध मिलाइ सहयात्रा गरिरहेको कालिगन्डकी नदी सग लुकामारी गर्दागर्दै दिनहरु वितिरहेको थाहै हुदैन। माथिदेखि तल सम्म केहि फराकिलो फाँटको रुपमा फैलिएको यो गाउ नौ वार्डमा विभाजित रहेको छ। भौगोलिक सुन्दरतामा निकै धनि यस ठाउमा, सुचना तथा संचारको अभावले गर्दा पर्यटन विकास भने न्युन मात्रामा वाहेक केहि प्रगतिहुन सकेको छैन। भौगोलिक रुपमा यस ठाउलाइ हेर्नेहो भने माथिल्लो तथा पुर्विभागमा गुरास तथा अन्य रुखहरुको घना जङगल छ भने गाउको भित्रीभागहरुमा पनि रुखविरुवाहरु रहेकोले झट्टहेर्दा सारै समाइलो लाग्दछ।     वर्षभरिनै केहि गर्मि तथा धेरै जाडो हुने यस ठाउमा आलु, धान, मकै, केदो तथा फापर अधिक मात्रामा उत्पादन हुने गर्दछ।
पठन पाठनको लागी दुइ ओटा वाल शिक्षा एक नि. मा. वि. तथा एक मा. वि. रहेको छ। शिक्षाको हिसावले हेर्ने हो भने 5/6 वर्ष पहिलोको तुलनामा यतिवेलाको अवस्थालाइ धेरै राम्रो मान्नु पर्दछ, हरेक वर्ष कक्षा दश पास गर्ने हरुको संख्या पनि धेरै नै रहेको छ। केहि वर्ष पहिले कक्षा एक देखि नै वाहिरको शिक्षक खोजेर कक्षा चलाउनु पर्ने वाध्यता रहेको थियो भने यति वेला कक्षा दश सम्मनै गाउकै स्थानिय शिक्षकहरु वाट पठन पाठन भइरहेको छ। भने केहि समय को अन्तरालमा 10+2 पनि खुल्ने योजना रहेको स्कुल व्यवस्थापन पक्ष वाट थाहा भयको छ। मलाइ लाग्दछ कि स्कुलको राम्रो व्यव्सथापनले पनी छोटो समयमै राम्रो उपलव्धि लिन सकोको हो।
यस गाउको आयस्रोतलाइ हेर्ने हो भने अधिकमात्रामा लोकल आलु उत्पादन हुन्छ। प्रत्येक वर्ष आलु लगभग यक कोरोड रुपैया देखिमाथी नै निर्यात हने गर्दछ यस कुरालाइ नया पत्रिका तथा केहि साष्ट्रिय दैनिकहरुले पनी छापोको थियो।  जतिवेला आलु लगाउने समयहुन्छ पुरा जिल्लाकै मान्छेहरु आलुको विउकै लागि भयपनि यस गाविस मा छिर्ने गर्दछन। यसवाट पनि वनौ गा. वि. स. को आय आर्जनमा ठुलो सहयोग पुराइ रहेको छ। साथै गाउमा उतापादन भयका कुनैपनि वस्तुहरु निर्यातको लागी साथै कुनै वस्तुहरु आयातको लागी मोटर वाटोको सुविधा रहेको छ। यसलेपनी यहाका मानिसहरुको दैनिक जिवनमा धेरै साहायता दिइ रहेको छ। गाउमा विजुली पानि तथा दैनिक उपभोग्य वस्तुहरुको खासै समस्या नरहेकोले पनी यसगाउका व्यक्तीहरु सुखमय जिवन विताइ रहेको अनुमान गर्न सकिन्छ
                                                     >हम बहादुर पुर्जा, वनौ, 2, पर्वत

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Lady Gaga, Salman Khan