नाता भनेर खासै तेस्तो नाता त हाम्रो केहि थिएन तर सम्बन्ध
यति गाढा थियोकि मुल्याङ्कन गर्नै नसकिने, किनकी हामि
एक अर्का बिना बाच्नै नसक्ने अवस्था थियो। अर्थात हामी एकको अनुपस्थिमा कुनैपनी
कार्यक्रमहरु सारै खल्लो र नरमाइलो महसुस गर्ने गर्दथियो। कार्यक्रमहरुमा
सहभागिहुनु भन्दा पहिलेनै हामी भएसम्म फोन गर्दथियौ नभय मिसकल सम्म त अनिवार्य
गर्दथियौ यो हाम्रो नित्यकर्म जस्तै भइसकेको थियो। कुनै ठाउहरुमा भेट्नु, गफ
गर्नु, केही टुटेफुटेका कुराहरुलाइ मिलाएर जिस्काउनु त सामान्य नै हुन्थियो तर
भेटभइसकेपछि जस्तोसुकै अवस्थाहरुमा पनी निस्छल मन्द मुस्कान र केहि उमङग देखाउने
उस्को स्वभाव मेरो मुटुमा कहिल्यै ननिस्किने गरी गढेको थियो, मलाइ उन्को यो
ब्यबहार साह्रै राम्रो लाग्दथियो।
पहिलो पल्ट मैले उनलाइ कुस्मा बजारमै भेटैको थिय यउटा खाजाघरमा
खाजाखादै गर्दा, यकअर्का बिच परिचय भयो र लगतै यक किसिमको सुमधुर सम्बन्धको पनी
सुरुवाद भयो ख्यालख्यालैमा, जस्मा बिस्तारै बिस्तारै मायाको आकुराहरु पलाउन
थाल्यो, कुनैपनि साना ठुला घटनाहरुमा पनी मायाका परिभाषाहरु परिभाशितहुदै जान
थाले, उनको र मेरो हरेक हेराइहरुमा माया प्रितीका आभासहरु हुन थाले, जिन्दगिका
हरेक मोड हरेक घुम्तिहरुमा मायाका नै माया छाउन थाल्यो, यस्तो लाग्न थाल्योकि यो
संसारनै मायाको हो, यो पलपल सबै मायाको हो।
खासमा उनि नजिकै छिमेकि गाउ, बनौँ गाउकि रहिछिन सुरुमा
एस.एल.सि परिक्षा दिन आयकिरे अनि पछि सानो तिनो जागिर मिलीसकेपछि सदरमुकाम आउने
जाने नियमित हुदै रहेछ यहि सिलसिलामा हाम्रो भटपनी भयको थियो। घरमा बाबुआमाकी जेठि
छोरी निकै मायापायर हुर्कियकि रहिछिन कुनै दु:ख कुनै अभाव बिना निकै सुखसग, उनको घरमा यस्तो वातावरण
थियोकी पाहुनाको सत्कार गर्न नजान्ने मान्छेले यहिघरबाट केहिसिके हुन्थियो जस्तो
लाग्दथियो, म सोच्दछुकि कुनै मान्छेको चौतर्फि बिकास हुनको लागि उसको घरको वातावसण
सिल स्वभावहरु सान्त अनी सुमधुर हुनु पर्दछ। उसको वास्तविक नाम त “मिनु पुन” रहेछ तर पछी
उनी ठुलिहुदै
जादा “खुसी” नामलेपो
चिनियकी रहिछिन त्यसैले आफन्त नातेदार तथा साथिभाइ सबैले खुसि भनेर बोलाउदा
रहेछन्। खुसी सग फरि यक पल्ट सदरमुकाम कुस्मानै भेटभयो यहिसिलसिलामा उनले उन्कै
गाउमा लाग्ने बुध्द जयन्ति मेला मान्ने निम्तो दिइन, म पनि के कम गइहाले बुध्द
जयन्ति मेला मान्न। यहि समयमा खुसीको घरपरिवार सगपनी घुलमिल हुने मौकापायको थिय।
गाउमा लाग्ने मेला सार्है रमाइलो हुन्छ भन्ने सुनेकोत थिय तर साच्चै यति धेरै
रमाइलो हुन्छहोला भन्ने चाहि कल्पना पनि गरेको थिइन। उन्ले नै घुमाइदिइन सारा ठाउ
जो बनौ गाउको रमणिय तथा सुन्दर अनी मनमोहक ठाउ हरु। जब मेलाको समाप्ति हुनेदिन
आउदै गयो मनमा यक किसिमको बिछोडको घाउ बल्झिदै जान थाल्यो, सार्है नरमाइलो लाग्न
थाल्यो, खुसिको मनको कुराहरुलाइ हेर्दा पनी यस्तै यस्तै घाउहरु बल्झिरहेको आभस हुदै
थियो। के गरु कसो गरि केही समाधान निस्काउन सकिन, हुदाहुदै मेलाको पनि समापन
कार्यक्रम भयो, मन भित्रतो हजारो चाहाना हरुलाइ पन्छायर खुसि सग बिदामागे नरमाइलो लाग्दै
केहि समय पछि लिन आउने बाचाका साथ। त्यस पछि म पोखरीमा फर्के नरमाइलो लाग्यो,
पहरेपानि काकाको घरमा पनि गय त्यहा पनि यकान्त वाहेक अरु केही मिलेन, पछि गाजुङगे
साथिको घरमा पुगे अनि खालखालै मा योजना बन्यो सहगरातको। त्यस पछि योजना अनुसार नै
भयो सबैकाम, त्यसैले अहिले छिन् मेरै मिनु अर्थात मेरि खुसी, जिन्दगिको गोरेटोमा।
हामि यकैसाथ सहयात्रा गरिरहेका छौ सगैमर्ने सगैजिउने वाचाकसम खायका छौ, I love you khusi.
लेखक : हम बहादुर
पुर्जा, बनौ, २, पर्वत