Tuesday, January 31, 2012

“जिन्दागिको यउटा कथा”



नाता भनेर खासै तेस्तो नाता त हाम्रो केहि थिएन तर सम्बन्ध यति गाढा थियोकि मुल्याङ्कन गर्नै नसकिने, किनकी हामि एक अर्का बिना बाच्नै नसक्ने अवस्था थियो। अर्थात हामी एकको अनुपस्थिमा कुनैपनी कार्यक्रमहरु सारै खल्लो र नरमाइलो महसुस गर्ने गर्दथियो। कार्यक्रमहरुमा सहभागिहुनु भन्दा पहिलेनै हामी भएसम्म फोन गर्दथियौ नभय मिसकल सम्म त अनिवार्य गर्दथियौ यो हाम्रो नित्यकर्म जस्तै भइसकेको थियो। कुनै ठाउहरुमा भेट्नु, गफ गर्नु, केही टुटेफुटेका कुराहरुलाइ मिलाएर जिस्काउनु त सामान्य नै हुन्थियो तर भेटभइसकेपछि जस्तोसुकै अवस्थाहरुमा पनी निस्छल मन्द मुस्कान र केहि उमङग देखाउने उस्को स्वभाव मेरो मुटुमा कहिल्यै ननिस्किने गरी गढेको थियो, मलाइ उन्को यो ब्यबहार साह्रै राम्रो लाग्दथियो।
पहिलो पल्ट मैले उनलाइ कुस्मा बजारमै भेटैको थिय यउटा खाजाघरमा खाजाखादै गर्दा, यकअर्का बिच परिचय भयो र लगतै यक किसिमको सुमधुर सम्बन्धको पनी सुरुवाद भयो ख्यालख्यालैमा, जस्मा बिस्तारै बिस्तारै मायाको आकुराहरु पलाउन थाल्यो, कुनैपनि साना ठुला घटनाहरुमा पनी मायाका परिभाषाहरु परिभाशितहुदै जान थाले, उनको र मेरो हरेक हेराइहरुमा माया प्रितीका आभासहरु हुन थाले, जिन्दगिका हरेक मोड हरेक घुम्तिहरुमा मायाका नै माया छाउन थाल्यो, यस्तो लाग्न थाल्योकि यो संसारनै मायाको हो, यो पलपल सबै मायाको हो।
खासमा उनि नजिकै छिमेकि गाउ, बनौँ गाउकि रहिछिन सुरुमा एस.एल.सि परिक्षा दिन आयकिरे अनि पछि सानो तिनो जागिर मिलीसकेपछि सदरमुकाम आउने जाने नियमित हुदै रहेछ यहि सिलसिलामा हाम्रो भटपनी भयको थियो। घरमा बाबुआमाकी जेठि छोरी निकै मायापायर हुर्कियकि रहिछिन कुनै दु:ख कुनै अभाव बिना निकै सुखसग, उनको घरमा यस्तो वातावरण थियोकी पाहुनाको सत्कार गर्न नजान्ने मान्छेले यहिघरबाट केहिसिके हुन्थियो जस्तो लाग्दथियो, म सोच्दछुकि कुनै मान्छेको चौतर्फि बिकास हुनको लागि उसको घरको वातावसण सिल स्वभावहरु सान्त अनी सुमधुर हुनु पर्दछ। उसको वास्तविक नाम त मिनु पुन रहेछ तर पछी  उनी ठुलिहुदै जादा खुसीनामलेपो चिनियकी रहिछिन त्यसैले आफन्त नातेदार तथा साथिभाइ सबैले खुसि भनेर बोलाउदा रहेछन्। खुसी सग फरि यक पल्ट सदरमुकाम कुस्मानै भेटभयो यहिसिलसिलामा उनले उन्कै गाउमा लाग्ने बुध्द जयन्ति मेला मान्ने निम्तो दिइन, म पनि के कम गइहाले बुध्द जयन्ति मेला मान्न। यहि समयमा खुसीको घरपरिवार सगपनी घुलमिल हुने मौकापायको थिय। गाउमा लाग्ने मेला सार्है रमाइलो हुन्छ भन्ने सुनेकोत थिय तर साच्चै यति धेरै रमाइलो हुन्छहोला भन्ने चाहि कल्पना पनि गरेको थिइन। उन्ले नै घुमाइदिइन सारा ठाउ जो बनौ गाउको रमणिय तथा सुन्दर अनी मनमोहक ठाउ हरु। जब मेलाको समाप्ति हुनेदिन आउदै गयो मनमा यक किसिमको बिछोडको घाउ बल्झिदै जान थाल्यो, सार्है नरमाइलो लाग्न थाल्यो, खुसिको मनको कुराहरुलाइ हेर्दा पनी यस्तै यस्तै घाउहरु बल्झिरहेको आभस हुदै थियो। के गरु कसो गरि केही समाधान निस्काउन सकिन, हुदाहुदै मेलाको पनि समापन कार्यक्रम भयो, मन भित्रतो हजारो चाहाना हरुलाइ पन्छायर खुसि सग बिदामागे नरमाइलो लाग्दै केहि समय पछि लिन आउने बाचाका साथ। त्यस पछि म पोखरीमा फर्के नरमाइलो लाग्यो, पहरेपानि काकाको घरमा पनि गय त्यहा पनि यकान्त वाहेक अरु केही मिलेन, पछि गाजुङगे साथिको घरमा पुगे अनि खालखालै मा योजना बन्यो सहगरातको। त्यस पछि योजना अनुसार नै भयो सबैकाम, त्यसैले अहिले छिन् मेरै मिनु अर्थात मेरि खुसी, जिन्दगिको गोरेटोमा। हामि यकैसाथ सहयात्रा गरिरहेका छौ सगैमर्ने सगैजिउने वाचाकसम खायका छौ, I love you khusi.
                                                                                             लेखक : हम बहादुर पुर्जा, बनौ, २, पर्वत

बनौँ एक परिचय



सामान्यतया समुन्द्रि सतह देखि करिब करिब २,५०० मिटरको उचाइमा रहेको यो गाउ निकै रमाइलो र मनमोहक सुन्दरताले भरपुर्न ठाउ हो। यहाको प्राय सबै भागमा मगर वस्तिले भरिएको छ भनै न्युन संख्यामा ब्राहामण तथा अन्य जातहरुको पनी बसोवास रहेको छ। बिहान उठ्ने बितिकै हिमाल देख्न पाइयोस भनेजस्तै साच्चै विहानको मिरमरेसगै बेलुकिको सन्धाया नहुन्जेल आमुन्ने सामुन्य भयर धौलागिरि हिमाल अनी वर्षौ देखि काधमाकाध मिलाइ सहयात्रा गरिरहेको कालिगन्डकी नदी सग लुकामारी गर्दागर्दै दिनहरु वितिरहेको थाहै हुदैन। माथिदेखि तल सम्म केहि फराकिलो फाँटको रुपमा फैलिएको यो गाउ नौ वार्डमा विभाजित रहेको छ। भौगोलिक सुन्दरतामा निकै धनि यस ठाउमा, सुचना तथा संचारको अभावले गर्दा पर्यटन विकास भने न्युन मात्रामा वाहेक केहि प्रगतिहुन सकेको छैन। भौगोलिक रुपमा यस ठाउलाइ हेर्नेहो भने माथिल्लो तथा पुर्विभागमा गुरास तथा अन्य रुखहरुको घना जङगल छ भने गाउको भित्रीभागहरुमा पनि रुखविरुवाहरु रहेकोले झट्टहेर्दा सारै समाइलो लाग्दछ।     वर्षभरिनै केहि गर्मि तथा धेरै जाडो हुने यस ठाउमा आलु, धान, मकै, केदो तथा फापर अधिक मात्रामा उत्पादन हुने गर्दछ।
पठन पाठनको लागी दुइ ओटा वाल शिक्षा एक नि. मा. वि. तथा एक मा. वि. रहेको छ। शिक्षाको हिसावले हेर्ने हो भने 5/6 वर्ष पहिलोको तुलनामा यतिवेलाको अवस्थालाइ धेरै राम्रो मान्नु पर्दछ, हरेक वर्ष कक्षा दश पास गर्ने हरुको संख्या पनि धेरै नै रहेको छ। केहि वर्ष पहिले कक्षा एक देखि नै वाहिरको शिक्षक खोजेर कक्षा चलाउनु पर्ने वाध्यता रहेको थियो भने यति वेला कक्षा दश सम्मनै गाउकै स्थानिय शिक्षकहरु वाट पठन पाठन भइरहेको छ। भने केहि समय को अन्तरालमा 10+2 पनि खुल्ने योजना रहेको स्कुल व्यवस्थापन पक्ष वाट थाहा भयको छ। मलाइ लाग्दछ कि स्कुलको राम्रो व्यव्सथापनले पनी छोटो समयमै राम्रो उपलव्धि लिन सकोको हो।
यस गाउको आयस्रोतलाइ हेर्ने हो भने अधिकमात्रामा लोकल आलु उत्पादन हुन्छ। प्रत्येक वर्ष आलु लगभग यक कोरोड रुपैया देखिमाथी नै निर्यात हने गर्दछ यस कुरालाइ नया पत्रिका तथा केहि साष्ट्रिय दैनिकहरुले पनी छापोको थियो।  जतिवेला आलु लगाउने समयहुन्छ पुरा जिल्लाकै मान्छेहरु आलुको विउकै लागि भयपनि यस गाविस मा छिर्ने गर्दछन। यसवाट पनि वनौ गा. वि. स. को आय आर्जनमा ठुलो सहयोग पुराइ रहेको छ। साथै गाउमा उतापादन भयका कुनैपनि वस्तुहरु निर्यातको लागी साथै कुनै वस्तुहरु आयातको लागी मोटर वाटोको सुविधा रहेको छ। यसलेपनी यहाका मानिसहरुको दैनिक जिवनमा धेरै साहायता दिइ रहेको छ। गाउमा विजुली पानि तथा दैनिक उपभोग्य वस्तुहरुको खासै समस्या नरहेकोले पनी यसगाउका व्यक्तीहरु सुखमय जिवन विताइ रहेको अनुमान गर्न सकिन्छ
                                                     >हम बहादुर पुर्जा, वनौ, 2, पर्वत

 
Design by Ham Bahadur Purja | Bloggerized by आफ्नो गाउ आफै बनाउ